नेकपा एमाले रूकुम पश्चिमले स्थानीय तहको निर्वाचनका लागि प्रमुख, उप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका उम्मेदवारहरूको टुंगो लगाएको छ।
जिल्ला कमिटीको बैठकले जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षका उम्मेदवार सर्वसम्मत रूपमा टुंग्याएको हो।
मुसीकोट नगरपालिकाको प्रमुखमा थलबहादुर ओली र उपप्रमुखमा चन्द्री महतारालाई एमालेले उम्मेदवार बनाएको छ।
चौरजहारी नगरपालिकाको प्रमुखमा टंकप्रसाद ओली, उपप्रमुखमा डण्डी कार्की, आठबिसकोट नगरपालिकाको प्रमुखमा दिनेश चन्द र उपप्रमुखमा कृष्णाकुमारी मल्ललाई एमालेले उम्मेदवार बनाएको छ।
यस्तै, बाँफीकोट गाउँपालिका अध्यक्षमा गणेशबहादुर केसी र उपाध्यक्षमा देउमी पौडेल, सानीभेरी गाउँपालिकाको अध्यक्षमा प्रकाश खड्का र उपाध्यक्षमा पवित्रा डाँगीलाई उम्मेदवार बनाइएको छ।
त्रिवेणी गाउँपालिकामा डिल्लीबहादुर ओलीलाई अध्यक्ष र धनकला विष्टलाई उपाध्यक्षको उम्मेदवार बनाइएको हो।