भरतपुर महानगरपालिकामा मेयरको टिकट पाउने पक्का भएपछि बागमती प्रदेशका प्रदेश सांसद विजय सुबेदीले पदबाट राजीनामा दिएका छन्।
सुबेदीले बिहीबार बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।
प्रदेश सांसद सुबेदीलाई नेकपा एमालेले भरतपुर महानगरपालिकामा मेयर उठाउने भएको छ।
भरतपुरमा गठबन्धनले माओवादी केन्द्रलाई मेयर दिएको छ। उनले गठबन्धनका संयुक्त उम्मेदवार सम्भवतः रेनु दाहालसँग प्रतिश्पर्धा गर्नेछन्।