नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो २ बजेको लागि डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा स्थानीय तह निर्वाचनमा उम्मेदवार टुंगो लगाउने विषयमा छलफल हुने उनले जानकारी दिए।
बैठक केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भएको छ।