नेकपा (माओवादी केन्द्र) ले आफ्ना उम्मेदवार नभएका पालिकाको मतपत्रमा पार्टीको चुनाव चिन्ह हँसिया-हथौडा नराख्न निवेदन दिएको छ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयका तर्फबाट शुक्रबार निर्वाचन आयोगलाई यस्तो निवेदन दिइएको हो।
आयोगले यसअघि नै मतपत्र छपाइको काम सुरू गरिसकेको छ। सत्तारूढ गठबन्धनमा भागबन्डा हुँदा पाँच महानगर र दुई उपमहानगरका मेयरमा माओवादी उम्मेदवार नहुने भएका छन्। त्यस्तै एक महानगर र ९ उपमहानगरका उपमेयरमा पनि माओवादी हुने छैनन्।
गठबन्धनमा तालमेल भएपछि अरू विभिन्न पालिकामा पनि माओवादी उम्मेदवार हुने छैनन्।
आयोगले मतपत्र छापिसकेकाले माओवादीले दिएको निवेदनको आयोगले कसरी सम्बोधन गर्छ भन्ने एकिन छैन।