सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मेयरका लागि नेपाली कांग्रेसले सात जनाको नाम सिफारिस गरेको छ।
शुक्रबार नगर कार्यसमितिले पठाएका नाममा प्रदेशसभा क्षेत्रीय कार्यसमितिले चार जनाको नाम थप गरी जिल्ला कार्य समितिमा पठाएको हो।
नगर कार्यसमितिले उपेन्द्र थापा, चाँदनी ढकाल र हरि विष्टको नाम सिफारिस गरेको थियो।
नगर समितिले पठाएका नामका बारेमा कार्यसमितिमै असन्तुष्टी बढेपछि क्षेत्रीय कार्य समितिले ४ जनाको नाम थप गरेको हो।
गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्रीको नाम क्षेत्रीय कार्यसमितिले थप गरेको हो।
नगर र क्षेत्रीय कार्यसमितिबाट सिफारिस ती व्यक्तिलाई जिल्ला कार्य समितिले निर्णयको लागि प्रदेश कार्य समितिमा पठाउने छ।
वीरेन्द्रनगर मेयरको उम्मेदावरका लागि नेकपा एमालेले यसअघि नै नामहरु सिफारिस गरिसकेको छ।
नेकपा (एकीकृत समाजवादी) ले पनि मेयर र उपमेयर दुवै पदका लागि नाम सिफारिस गरेको छ।
नेकपा माओवादी केन्द्रले उम्मेदवारको लागि व्यक्ति छानेको छ। सुर्खेत जिल्ला ईञ्चार्ज सुदीप मल्लका अनुसार ती व्यक्तिको नाम प्रदेश कार्यसमितिमा सिफारिस गरिनेछ।