सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका मेयरसहित पाँच जना वडा अध्यक्षले राजीनामा दिएका छन्।
स्थानीय तहको निर्वाचन नजिक आउँदा उनीहरुले शुक्रबार राजीनामा दिएका हुन्।
मेयर गोविन्दकुमार पुन र वडाध्यक्षहरुले शुक्रबार राजीनामा बुझाएको उपमेयर मञ्जु यरीले बताईन्।
राजीनामा दिने वडाध्यक्षहरुमा वडा नम्बर ६ का पुरुषोत्तम आचार्य, वडा नम्बर ८ का कुलबहादुर पुरी, वडा नम्बर १० का मानसिंह पुरी, वडा नम्बर ११ का बिरबहादुर बुढामगर र वडा नम्बर १२ का गोविन्द डाँगी छन्।