धरान उपमहानगरापलिका वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष मानबहादुर राई नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन्।
शनिबार उनले नेकपा एमाले त्यागेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।
उनले यसबारे एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्।
‘एमाले कम्युनिष्ट विचारबाट विचलित भई लोकतान्त्रिक व्यवस्थाको विरोधी, संसद भंग गर्दै संविधान र व्यवस्थाको धज्जी उडाएकाले नेकपा एमालेले किसान, सर्वाहारा, श्रमजिवी, मजदुर वर्गको हित गर्न नसक्ने भएको साथै कम्युनिष्ट आन्दोलनको रक्षा समेत गर्न नसक्ने भएकोले आजको मितिबाट नेकपा एमाले परित्याग गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको छु,’ उनले भनेका छन्।
