वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन।
विभिन्न पार्टीका उम्मेदवारले बाजागाजासहित उम्मेदवारी दर्ता गर्न सम्बन्धित जिल्ला निर्वाचन अधिकृत कार्यालय पुगेका छन्।
आयोगले उम्मेदवारी दर्ताको लागि दिन समय सीमा तोकेको थियो। हिजो १३ हजार ३८६ जनाले मनोनयन पत्र दर्ता गराएका थिए।आज भने दर्ता गर्ने क्रम जारी छ।
आज साँझ ५ बजे भित्रमा उम्मेदवारी दिन चाहनेले मनोनयनपत्र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दर्ता गर्नुपर्नेछ।
वैशाख १३ बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ।
वैशाख १४ गतेदेखि १५ गते ५ बजेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ। १५ गते अपरान्ह ५ बजेदेखि ६ बजेसम्ममा मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।
१६ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ।
त्यसैदिन ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
१७ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ।
वैशाख ३० गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम हुनेछ।
तस्बिरहरू: नवीनबाबु गुरूङ/निशा भण्डारी/रोहित महतो



स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार पाँचथरको फिदिमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्दै राजनीतिक दलका कार्यकर्ता। पाँचथरमा प्रमुख राजनीतिक दलले भने सोमबारमात्रै उम्मेदवारको मनोनयन दर्ता गराउँदै छन्। तस्वीर: रवीन्द्र काफ्ले/रासस





तिलोत्तमामा उम्मेदवारी दर्ताको लागि नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, पोलिटब्युरो सदस्य, हालका नगरप्रमुख बासुदेव घिमिरेसहित उम्मेदवारहरू निर्वाचन कार्यालय पुगेका छन् ।




















