आसन्न स्थानीय तहको निर्वाचनका लागि आज देशव्यापी उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।
निर्वाचन आयोगले यसपटक दुई दिन मनोनयन दर्ताको लागि समय उपलब्ध गराएसँगै आईतबार र सोमवार गरी दुई दिन उम्मेदवारी मनोनयन दर्ताको काम हुने भएको हो।
आईतवार मनोनयन दर्ता गराउन बाँकी रहेका दलका प्रतिनिधि एवं स्वतन्त्र उम्मेदवारले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन्। यसक्रममा आज प्रमुख दलहरूले उम्मेदवारी दर्ता गराइरहेका छन्।
देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्यसम्मका लागि दलगत र स्वतन्त्ररुपमा मनोनयन दर्ता हुनेछ। हेर्नुहोस्
काठमाडौंको उम्मेदवार दर्ताको चहलपहल