सत्तारूढ पाँच दलीय गठबन्धनले शुक्रबार राजधानी काठमाडौंमा संयुक्त चुनावी सभाको आयोजना गरेका छन्।
वैशाख ३० गतेको स्थानीय निर्वाचनलाई लक्षित गरी शुक्रबार रत्नपार्क र शान्तिवाटिकाको बीच सडकमा पाँच दलले संयुक्त सभाको आयोजना गरेका छन्।
सभालाई पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्दैछन्।