दक्षिण भारतीय फिल्म उद्योगका चर्चित हाँस्य कलाकार मोहन जुनेजाको निधन भएको छ। मोहनको उपचारका क्रममा बैंगलोरको एक निजी अस्पतालमा ५४ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो।
मोहन जुनेजाले आफ्नो करियर कमेडियनको रूपमा सुरु गरेका थिए। आफ्नो करियरमा मोहनले तमिल, तेलुगु, मलयालम र हिन्दीलगायत धेरै भाषाहरूमा १०० भन्दा बढी चलचित्रहरूमा अभिनय गरेका छन्।
उनी KGF-2 र KGF-1 जस्ता सुपरहिट फिल्महरूमा पनि देखापरेका थिए। फिल्म केजीएफ–२ मा मोहनले पत्रकार आनन्दीको इन्फर्मरको भूमिका निभाएका थिए।
मोहनले दर्शन, उपेन्द्र, पुनीत राजकुमार, अम्बरीश, शिवराजकुमार र चन्दन जस्ता धेरै स्टारहरूसँग पनि काम गरेका थिए।