हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा भएको झडपमा परी घाइते भएका मतदान अधिकृतसहित तीन जनालाई हेलिकाेप्टरबाट थप उपचारका लागि सुर्खेत ल्याइएको छ।
झडपमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत र अर्का एक स्थानीय घाइते भएका थिए।
घाइतेहरूको उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको कर्णाली प्रदेश प्रहरीका निमित्त प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले जानकारी दिए।
गठबन्धन र स्वतन्त्र पक्षबीचको झडपमा मतदान अधिकृतसहित तीनजना घाइते भएका थिए । झडपपछि प्रहरीले आठ राउन्ड अश्रुग्यास प्रहार गरेका छन् । अहिले मतदान रोकिएको छ ।