दाङको घोराही उपमहानगरपालिकामा गठबन्धन दलका साझा उम्मेदवारले सुरूआती अग्रता लिएका छन्।
३०० बढी मत गन्दाको प्रारम्भीक नतिजा अनुसार गठबन्धनका उम्मेदवारको अग्रता देखिएको छ।
घोराहीमा गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड) १७२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका यसअघिका मेयर तथा पोलिटब्यूरो सदस्य नरूलाल चौधरीले १४५ मत प्राप्त गरेका छन् ।
त्यस्तै गठबन्धनबाट उपमेयरमा नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगीले १८० र एमालेकी उपमेयरकी उम्मेदवार हुमा डिसीले १४० मत प्राप्त गरेकी छन्।
घोराहीमा मुलुका ११ उपमहानगरपालिका मध्य सबैभन्दा धेरै १ लाख १२ हजार ९ सय २७ मतदाता छन्। यहाँ ७६ हजार ५ सय २१ मत खसेको थियो ।
घोराहीस्थित उद्योग वाणिज्य संघको सभाहलमा तारजाली भित्र मतगणना भइरहेको छ। उम्मेदवार र एजेण्टलाई ताराजाली बाहिरै राखिएको छ। मतगणनास्थल बाहिर नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र म्यादी प्रहरीको कडा सुरक्षा रहेको छ।
घोराही निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्छ। यही क्षेत्रबाट नेकपा माओवादीका प्रवक्ता कृष्णबहादुर महराले २०७४ सालको संघीय निर्वाचन जितेका थिए।
नेकपा एमालेका महासिचव शंकर पोखर पनि २ (क) बाट निर्वाचित भएका थिए। त्यतिखेर माओवादी र एमालेका बीचमा चुनाबी गठबन्धन भएको थियो।
त्यसैले अहिलेको निर्वाचनलाई महरा र पोखरेलबीचको टकराबको रुपमा पनि कतिपयले अर्थ्याउने गरेका छन् ।