मतगणना सम्पन्न भएका सुदूरपश्चिमका ८ स्थानीय तहमा कांग्रेस र एमालेले ३/३ र माओवादीले २ ठाउँमा जितेको छ।
बझाङमा २ र दार्चुला १ गरी तीन ठाउँमा एमालले जितेको छ भने डोटी १ र डडेल्धुरा १ र बाजुरा १ गरी तीन ठाउँमा कांग्रेसले जितेको हो।
यस्तै, माओवादी-कांग्रेससँग गठबन्धन गर्दा दार्चुलामा तीन पालिका जितेको छ।
प्रदेशमा ८८ स्थानीय तह छन्। अधिकांश स्थानीय तहमा अहिले मतगणना जारी छ। मतगणना जारी भएकामध्ये ४५ स्थानीय तहमा अहिलेसम्म कहाँ कति कसको अग्रता छ?
४५ स्थानीय तहमा अहिले हेर्दा कांग्रेसको १८, एमालेको १५ र माओवादीको ५ ठाउँमा अग्रता छ। अन्य ७ स्थानीय तहमा साना र स्वतन्त्रको अग्रता छ।
१३ स्थानीय तह रहेको कैलालीमा धनगढी उपमहानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको सुरूआतदेखि नै अग्रता कायमै छ।
गोदावरी नगरपालिकामा कांग्रेसको अग्रता कायमै छ।
यस्तै, टिकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, घोडाघोडीमा गठबन्धनबाट समाजवादीको अग्रता कायमै छ।
यस्तै, जानकीमा कांग्रेस, बर्दगोरियामा एमाले, लम्कीचुहामा कांग्रेसको अग्रता छ।
जोशीपुरमा नागरिक उन्मुक्ति पार्टी, कैलारीमा कांग्रेस, भजनीमा नागरिक उन्मुक्ति पार्टी, मोहन्यालमा गठबन्धनका तर्फबाट समाजवादीको अग्रता छ। मोहन्याल गाउँपालिकाको पछिल्लो अवस्था जानकारीमा आएको छैन।
कञ्चनपुरमा ९ स्थानीय तहमध्ये भिमदत्त नगरपालिकामा कांग्रेस, बेतकोटमा कांग्रेस, शुक्लाफाँटामा एमाले, लालझाडीमा एमाले, बेल्डाडीमा कांग्रेस, बेलौरीमा माओवादीको अग्रता देखिएको छ।
यस्तै, दोधारा चाँदनीमा कांग्रेस, कृष्णपुरमा कांग्रेसको अग्रता छ।
कृष्णपुरमा कांग्रेस र एमालेको निकै प्रतिस्पर्धा छ।
अहिले भिमदत्तमा नगरपालिकामा मतगणना स्थगित भएको छ। एक सय मतपेटिका भनिएकोमा १ सय २० भएपछि विवाद हुँदा त्यहाँ मतगणना रोकिएको हो।
दार्चुलाका ९ स्थानीय तहमा महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा मतगणना सम्पन्न भइसकेको छ।
महाकालीमा एमाले र नौगाड, अपीहिमाल, मार्मामा गठबन्धनबाट माओवादीका उम्मेदवार विजयी भएका छन्।
शैल्यशिखर नगरपालिकामा, व्यास गाउँपालिका, दुहु गाउँपालिका, मालिकार्जुनमा एमालेको अग्रता देखिएको छ।
यस्तै, लेकम र मार्मा गाउँपालिकामा गठबन्धनबाट माओवादीको अग्रता कायमै छ।
बझाङका १२ स्थानीय तहमध्ये साइपाल र थलारा गाउँपालिकाको मतपरिणाम सम्पन्न भएको छ।
यी दुवै गाउँपालिकामा एमालेले जित हात पारेको छ।
मतगणना जारी रहेका स्थानीय तह बिथ्तडचिरमा एमाले, दुर्गाथली, छविसपाथीभेरामा गठबन्धनबाट माओवादीको अग्रता कायमै छ।
बुङ्लमा गठबन्धनबाट कांग्रेस, तल्कोटमा एमाले, खप्तडछान्नामा गठबन्धबाट कांग्रेस, मष्टा गाउँपालिकामा गठबन्धन कांग्रेसको अग्रता छ।
जयपृथ्वी नगरपालिकाको आज राति केहीबेरमा मतगणना सुरू हुनेछ।
केदारस्युँ र सुर्मामा सोमबार मतदान हुने र त्यसपछि मात्रै मतगणना हुनेछ।
अछामका १० स्थानीय तहमध्ये साँफेबगर नगरपालिका र पञ्चदेवल विनायकमा मतगणना सुरू भएको छैन।
मंगलसैनमा, तुर्माखाद, रामारोशन एमालेको अग्रता छ बान्नीगढी जयगढ चौरपाटी, ढकारीमा कांग्रेसको अग्रता छ।
मेल्लेखमा भने माओवादीको अग्रता छ।
बाजुरामा ९ स्थानीय तहमध्ये स्वामीकार्तिक खापरमा गठबन्धबाट कांग्रेसका उम्मेद्वारले जितका छन्।
बडीमालिकामा, हिमाली,जगन्नाथमा कांग्रेसको अग्रता देखिएको छ।
यस्तै, गौमुल गाउँपालिकामा भने एमालेको अग्रता देखिएको छ।
बुढीगंगामा मतदान भएको छैन। बुढीनन्दामा पनि केही ठाउँमा मतदान स्थगित छ।