नेकपा एमालेले सुर्खेतको चिङ्गाड गाउँपालिका कांग्रेसबाट खोसेको छ। २०७४ को निर्वाचनबाट अध्यक्ष र उपाध्यक्ष कांग्रेस निर्वाचित भएको पालिकामा अहिले एमाले विजयी भएको हो।
वैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा एमालेका बोधविक्रम जिसी ३५९१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डोरप्रसाद शर्माले ३५३० मत ल्याएका छन्।
उपाध्यक्षमा पनि एमालेकै मिनाकुमारी रोकाया निर्वाचित भएकी छन्। उनले ३ हजार ५८१ मत ल्याएकी छन् भने कांग्रेसकी मनमाया आचार्यले ३४६९ मत पाएकी छन्।
अहिले पराजित आचार्य २०७४ को निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित भएकी थिईन्।