२०७४ सालको निर्वाचनमा रोल्पाका ८ वटा स्थानीय तह जितेको माओवादी केन्द्रले एउटा पालिका गुमाएको छ।
२०७४ सालको निर्वाचनमा माओवादीले गंगादेव, त्रिवेणी, थवाङ, परिवर्तन, माडी, सुनछहरी र सुनिल स्मृति गाउँपालिकामा जित हात पारेको थियो। त्यस्तै रोल्पाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा पनि माओवादीले जित हात पारेको हो।
माओवादीले अघिल्लोपटक जितेको गंगादेव, त्रिवेणी यसपटक गुमाएको छ। तर उसले २०७४ मा कांग्रेसले जितेको लुङरीमा यसपटक जित हात पारेको छ।
अघिल्लोपटक एउटा मात्र स्थानीय तह जितेको कांग्रेसले दुई वटा स्थानीय तहमा जित हात पारेको छ।
कांग्रेसले २०७४ मा जितेको लुङरी गुमाउँदा माओवादीले जितेको गंगादेव खोसेको छ। त्यस्तै नेकपा एमालेले जितेको रुन्टीगढी हात पारेको छ। २०७४ सालको निर्वाचनमा रुन्टीगढी एमालेले जितेको थियो।
एमालेले यसपटक रोल्पाको त्रिवेणी गाउँपालिकामा जित हात पारेको छ।अघिल्लोपटक उक्त गाउँपालिमा नेकमाओवादी केन्द्र विजयी भएको थियो।
जिल्ला |
स्थानीय तह |
विजयी उम्मेदवार |
२०७९ मा विजयी दल |
२०७४ मा विजयी दल |
रोल्पा |
गंगादेव गाउँपालिका |
हरीबहादुर पुन |
नेपाली कांग्रेस |
माओवादी केन्द्र |
रोल्पा |
त्रिवेणी गाउँपालिका |
कर्णबहादुर बाँठा मगर |
नेकपा एमाले |
माओवादी केन्द्र |
रोल्पा |
थवाङ गाउँपालिका |
ऋषि केशव बुढा मगर |
माओवादी केन्द्र |
माओवादी केन्द्र |
रोल्पा |
परिवर्तन गाउँपालिका |
सुकबहादुर बुढा मगर |
माओवादी केन्द्र |
माओवादी केन्द्र |
रोल्पा |
माडी गाउँपालिका |
अमरसिंह घर्ती मगर |
माओवादी केन्द्र |
माओवादी केन्द्र |
रोल्पा |
रुन्टीगढी गाउँपालिका |
जनक बुढा |
नेपाली कांग्रेस |
नेकपा एमाले |
रोल्पा |
रोल्पा नगरपालिका |
सुरेन्द्र थापा (घर्ती) |
माओवादी केन्द्र |
माओवादी केन्द्र |
रोल्पा |
लुङग्री गाउँपालिका |
भरतकुमार थापा |
माओवादी केन्द्र |
नेपाली कांग्रेस |
रोल्पा |
सुनछहरी गाउँपालिका |
धनबहादुर पुन मगर |
माओवादी केन्द्र |
माओवादी केन्द्र |
रोल्पा |
सुनिल स्मृति गाउँपालिका |
मणिराम बुढाथोकी |
माओवादी केन्द्र |
माओवादी केन्द्र |