बाजुराको जगन्नाथ गाउँपालिका अध्यक्षमा फेरि कालिबहादुर शाही निर्वाचित भएका छन्।
नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका शाहीले यसअघिको चुनाव पनि जितेका थिए।
उनले नेपाली कांग्रेसका सुन्दर विष्टलाई दोस्रो पटक पराजित गरेका हुन्।
शाहीले २३१९ मत ल्याएर विजयी भएका छन् भने प्रतिद्वन्द्वी विष्ट १८७० मत ल्याएर पराजित भएका छन्।
शाहीले विष्टभन्दा ४४९ मत बढी ल्याएका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा १४५१ मत ल्याएर शाही विजयी भएका थिए। नेपाली कांग्रेका विष्टले त्यति बेला ९८९ मत ल्याएर पराजित भएका थिए। माओवादी केन्द्रबाट मनलाल खत्री ९३० मत ल्याएर तेस्रो नम्बरमा थिए।
यसपालि यहाँ कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीले एमालेविरूद्ध गठबन्धन गरेका थिए। गठबन्धनलाई हराउँदै नेकपा एमालेबाट अध्यक्ष शाही र उपाध्यक्षमा मरूकला विष्ट विजयी भएका हुन्।
मरूकलाले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धर्मबहादुर शाहीलाई पराजित गरेकी छन्। उनले २१८३ मत ल्याउँदा गठबन्धनका उम्मेदवारले १६८० मत ल्याएर पराजित भएका छन्। मरूकला विष्टले धर्मबहादुर शाहीको भन्दा ५०३ मत बढी ल्याएकी छन्।