कैलालीको गोदावरी नगरपालिकाको मेयरमा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मदेवार वीरेन्द्र भट्ट निर्वाचित भएका छन्।
उनले १५ हजार ५०१ मत ल्याएका छन्।
यहाँ मेयर उम्मेदवार रहेका नेकपा एमालेका गोकर्ण भट्ट पराजित भए। उनले ११ हजार २२४ मत मात्रै पाएका छन्।
उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार शान्ति रोकाया विजयी भइन्। १० हजार ६७० मत ल्याएर उनले जितेकी छन्।
यहाँ सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार एकीकृत समाजवादीकी रत्ना कडायतले ९ हजार ९८३ मत ल्याएर पराजित भइन्।
कडायतले अघिल्लो चुनाव एमालेबाट उपमेयरमा चुनाव जितेकी थिइन्।
०७४ मा मेयरमा एमालेकै हरिसिंह धामीले जितेका थिए।