नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का नेपालका कमरुद्दिन राई निर्वाचित भएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्रलाई दोब्बर बढी मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भए।
उनले २३ हजार ४ सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मिश्रले ११ हजार ६ सय ७५ मत ल्याए।
विष्ट र मिश्रबीच ११ हजार ७ सय ८५ मतको अन्तर रहेको छ। तेस्रो स्थानमा आएका राप्रका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ प्राप्त गरेका छन्।
यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई निर्वाचित भएका छन्। उनले १७ हजार ९ सय ५० मत प्राप्त गरेका छन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरिन्।
राई र ढकालबीच ७ हजार ३५ मतको अन्तर रहेको छ।
राप्रपाकी बिन्दु चर्तीमगरले १० हजार १ सय ३५ मत प्राप्त गरेकी छन्।
नेपालगन्ज उपमहानगरपालिकाको निर्वाचनमा नेपाली कांग्रेस, जसपासहित पाँच दलबीच गठबन्धन बनेको थियो भने नेकपा एमाले र राप्रपा एक्ला एक्लै भिडेका थिए।