सुनसरीको बराहक्षेत्र नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नेपाली काग्रेसका रमेश कार्कीले १९ हजार २ सय ९३ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका निलम खनालले १४ हजार १५४ मत ल्याए। कांग्रेसबाट विजयी भएका कार्कीले खनाललाई ५१३९ मतान्तरमा हराएका हुन्।
यस्तै उपमेयरमा नेकपा एमालेकी नन्दकुमारी सुनुवार विजयी भइन्। उनले १५ हजार ७६६ मत ल्याउँदा माओवादी केन्द्रका अमित गौतमले १० हजार १४४ मत ल्याए।
यो सँगै सुनसरीका १२ पालिकामध्ये १० वटा पालिकाको अन्तिम नतिजा आएको छ।
अब धरान नगरपालिका र हरिनगर गाउँपालिकाको अन्तिम परिणाम आउन बाँकी छ।
१२ पालिका रहेको सुनसरीबाट नेपाली कांग्रेसले १ उपमहानगरसहित ६ वटा पालिकामा जित निकालेको छ। नेकपा एमालेले ३ पालिका जित्दा जसपाले १ पालिकामा प्रमुख पद जितेको छ।