भरतपुर महनगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो पार्दै गएकी छन्।
आइतबार साँझसम्म एक लाख ५४४ मत गणना भइसकेको छ। सो मतगणना हुँदा उनले आफ्ना प्रतिस्पर्धीहरूसँग ८८८२ मतान्तर बनाएकी छन्।
उनले ३९ हजार ८०८ मत पाएकी छन्। यता नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार ९२६ मत पाएका छन्। बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार ९०५ मत पाएका छन्।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४२ हजार ७४ मत पाए। राप्रपाकी हिमला गुरूङले २४४८४ मत पाइन्।
अहिले वडा नम्बर २१ र २२ को मतगणना भइरहेको छ। वडा नम्बर २१ को ३१७४ मतगणना हुँदा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले १६५५ र एमालेका उम्मेदवारले १०४३ मत पाएका छन्।
वडा नम्बर २२को २९३७ मत गणना हुँदा एकीकृत समाजवादीका उम्मेदवारले १२९१ र एमालेका उम्मेदवारले ११३० मत पाएका छन्।