सिराहाको गोलबजार नगरपालिकाको मेयर उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोमबार मतगणनाको अन्तिम परिणाम अनुसार मेयर पदमा एमालेका श्यामकुमार श्रेष्ठले ७ हजार ९ सय ८ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान मेयर समेत रहेका नेकपा माओवादी केन्द्रका देवनाथ साहले ६ हजार ७ सय १ मत प्राप्त परी पराजित भए ।
त्यस्तै, उपमेयरमा निर्वाचित एमालेकी मान्ती साहले ७७०३ मत प्राप्त गरेकी छिन्। उनकी निकटतम् प्रतिद्वन्द्वी निवर्तमान उपमेयर समेत रहेकी माओवादी केन्द्रकी रेशमकुमारी थापाले ५६४३ मत प्राप्त गरेकी छिन् ।
कुल १३ वटा वडा रहेको गोलबजारमा मेयर उपमेयरसहित एमालेले २, ६, ७, ८, १०, १२, कांग्रेसले ४, ५, १३, माओवादी केन्द्रले १ र ३ तथा जसपा नेपालले ९ र ११ नं. वडामा जित निकालेको छ।