नयाँ शक्ति पार्टी नेपालको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीमा नगद १ लाख सहित ५ जनालाई जौबारी युवा क्लबका युवाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।
राती १ बजे गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुई अन्तर्गत शिरानचोक गाउँ पालिका -८ गोपालडाडामा युवाहरुले गाडी, नगद रकम र ५ जना युवाहरूलाई नियन्त्रणमा लिएका हुन्।
निर्वाचन आचारसंहिता बिपरित मध्य रातमा नगद र गाडी लिएर हिडेका नयाँ शक्तिका युवाहरूलाई अहिले ईलाका प्रहरी कार्यालय जौबारीमा राखिएको छ ।
गाडीमा नयाँ शक्ति पार्टी नेपालको चुनावी सामाग्री, झण्डा, पर्चा/पम्पेल्टहरु र बियरका खाली बोटलहरु भेटिएका छन ।
अजिरकोट बाट भालुस्वरा तर्फ आउदै गरेको ग २ च १७२५ नम्बरको महेन्द्र बोलेरो पिकअप गाडीमा नगद एक लाख र प्रचार सामाग्री सहित नया शक्ति पार्टीका ५ जना युवालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय जौबारीले जानकारी दिएको छ।
पक्राउ पर्नेहरूमा चालक गोरखा-११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका-१० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ त्यसैगरी गोरखा नगरपालिका-६ का भरतकुमार श्रेष्ठ र गोरखा -८ बस्ने खुशबहादुर थापा रहेका छन ।