जारी मतगणनामा सुर्खेतका दुबै सिटमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभामा क्षेत्रनम्बर १ मा पूर्वगृहमन्त्री समेत रहेका पूर्णबहादुर खड्का १५ सय मतले पछि परेका छन्। एमालेका ध्रुवकुमार शाहीले १५५३० मत पाउँदा खड्काले १४०६७ मत पाएका छन्।
क्षेत्र नम्बर २ मा एमालेका नवराज राउतले २६९० मत पाएका छन् भने कांग्रेसका हृदयराम थानीले २१८४ मत पाएका छन्।
मतगणना जारी छ।