गंगा देवान भारतीय गोर्खा सेनामा भर्ना हुन चाहने युवालाई सहजीकरणको काम गर्थे । उनले राम्रै पैसा कमाइरहेका थिए । सो कुरा स्थानीय विनोद थापाले चाल पाए । अवकाशप्राप्त प्रहरीका छोरा थापाको केही प्रहरीसँग दोस्ती थियो । देवानलाई पक्राउ गरेर थर्काए ‘राम्रै पैसा झर्ने’ भन्दै उनले प्रहरीलाई आश्वासन दिए ।
थापाको कुराले महानगरीय प्रहरी वृत्त बालाजुका असइ चन्द्रसिंह भाट सजिलै लोभिए । उनीहरू सुरुमा आफ्ना मान्छेलाई पनि भारतीय गोर्खा सैनिकमा भर्ना गराइदिन भन्दै देवानको कार्यालयमा पुगे र जबर्जस्ती एक लाख रुपैयाँ दिए । त्यसको फोटो खिचे । उनले गोर्खा सैनिकमा भर्ना गरिदिने भन्दै पैसा लिने गरेको प्रमाण जुटाउन पैसा दिएर त्यसरी फोटो खिचेका थिए ।अाजकाे नयाँ पत्रिकामा नवराज मैनालीले समाचार लेखेका छन् ।
लगत्तै उनीहरूले आफूहरू प्रहरी भएको भन्दै कार्यालयमा खानतलासी गरे । गोरखा सैनिकमा भाग लिने प्रक्रियाका केही युवाका कागजपत्र थिए । हत्कडी लगाएर २० लाख रुपैयाँ मागे । आफूले कुनै नराम्रो काम नगरेको भन्दै देवानले पैसा दिन मानेनन् । उनलाई बिन्दवासिनी बालुवा डिपोमा पु¥याएर बन्धक बनाएर बार्गेनिङ सुरु भयो । त्यसवेला असइ भाटसहित हवलदार मनोज यादव र जवान पुष्कर शाहसमेत सँगै थिए । उनीहरूले श्रीमतीलाई फोन गर्न लगाएर पैसा लिएर आउन लगाए ।
घटनामा संलग्नता देखिएको आशंकामा डिएसपी भण्डारी नियन्त्रणमाजसरी अपराधीहरूले अपहरण गरेर पैसा असुल्छन्, बालाजु प्रहरीले त्यसैगरी सर्वसाधारणलाई पक्राउ गरी असुल्ने प्रयास गरेको थियो । यस घटनाले प्रहरीको सिंगो संगठन नै बदनाम भएको छ । अनुसन्धानका क्रममा आइतबार वृत्तका डिएसपी नवीनकृष्ण भण्डारीसमेत पक्राउ परेका छन् । असइ भाटले डिएसपीलाई जानकारी दिएर नै आफूले पक्राउ गरेको बताएपछि घटनामा उनको पनि संलग्नता देखिएको हो । डिएसपी भण्डारीलाई विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले बताए ।
अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार पक्राउ परेमध्ये विनोद थापाले विगतमा प्रहरीसँग मिलेर धेरैपटक सर्वसाधारणसँग पैसा असुलिसकेका थिए । अवैध गतिविधिमा संलग्न व्यक्तिहरूको सूचना संकलन गर्ने र प्रहरीसहित गएर बार्गेनिङ गरी पैसा असुलेको खुलेको छ ।
श्रीमान् खोज्न गएकी श्रीमती नै प्रहरी हिरासतमादेवानकी श्रीमती विनीता ट्याक्सी लिएर श्रीमान्को खोजीकार्यमा जुटिन् । निकै प्रयासपछि बिन्दवासिनी बालुवाखानीमा पुगिन् । श्रीमान् खोज्न गएकी उनलाई उल्टै प्रहरीले हत्कडी लगायो । उनीसँग गएका दुई युवकलाई समेत प्रहरीले नियन्त्रणमा लियो । प्रहरीहरू सादा पोसाकमा थिए । त्यसपछि बल्ल देवानदम्पतीले आफूहरू अपहरणमा परेको सम्झिए । तर, त्यसमा सामेल व्यक्ति अपहरणकारी नभएर प्रहरी नै थिए । उनीहरूले गाडी मगाएर बालाजु वृत्तमा पु¥याए । चारैजनालाई विनाकसुर रातभरि थुनामा राखे ।
उनीहरूमध्ये जवान शाहले देवानको एटिएम कार्ड लिइसकेका थिए । धम्क्याउँदै एटिएमको पासवर्ड मागेर ८० हजार रुपैयाँ निकाले । भोलिपल्ट बिहानैबाट बार्गेनिङ सुरु भयो । पैसा तिर्ने बताएपछि विनीता र दुई युवकलाई प्रहरीले छाडिदियो । गंगालाई पैसा दिए मात्र छाड्ने, नत्र मुद्दा चलाउने भन्दै धम्क्याए । विनिता पैसा लिएर आउने सर्तमा छुटेकी थिइन् ।
२० लाख मागेकामा पाँच लाख रुपैयाँमा सहमति भयो । १० असोजमा विनिता पाँच लाख रुपैयाँ झोलामा लिएर बालाजु वृत्त पुगिन् । गेटमै असइ भाट उनलाई कुरिरहेका थिए । भाटले कार्यालयभित्र उनलाई लिएर गए । विनिताले पाँच लाख राखिएको झोला दिइन् । त्यसकोे केही समयमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली भाटको कार्यकक्षमा पुग्यो । प्रहरीको अत्याचार धेरै भएको महसुस गर्दै विनिताले अख्तियार र मिडियालाई समेत खबर गरेकी थिइन् । भाट पक्राउ परेलगत्तै हवलदार यादव र जवान शाह भागे । भोलिपल्टै अख्तियारले उनीहरूलाई पक्राउ ग¥यो ।