अभिमन्यु बस्नेतले गैरआवासीय नेपाली संघ (एनआरएनए) १० औं विश्व सम्मलेनमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको सह-कोषाध्यक्ष लड्ने भएका छन्।
आर्थिक सुशासन र पारदर्शितासहितको सवल एनआरएन निमार्ण लागि आफ्नो उम्मेदवारी रहेको क्यानडाको नेपाली समाजका अभियन्तासमेत रहेका बस्नेतले बताए।
एनआरएन क्यानडाको नेतृत्वमा रहेर लामो समाय काम गरिसकेका बस्नेतलाई क्यानडाको स्थानीय सरकारले परोपकारी कार्यमा संलग्न भएको भन्दै सम्मानस्वरू ‘रिमार्केवल सिटिजन’ प्रदान गरेको छ।
क्यानडाको नेपाली समाजमा गाह्रो साह्रोमा सधै अगाडि देखापर्ने बस्नेत समस्यामा परेका नेपालीलाई सहयोग गर्न काममा सक्रिय छन्।
उनले कोरोनाको मारमा परेका नेपालीका लागि सहयोगसमेत गरिरहेका छन्। बस्नेतले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको (२०१७–२१) मा आईसिसि सदस्य भएर काम गरिसकेका छन् ।
गत २०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्पमा क्यानडाबाट विश्वब्यापी अभियान चलाएर भूकम्प पीडितलाई राहत दिने अभियानसमेत बस्नेतले गरेका थिए।
एनआरएनएका मेघा प्रोजेक्ट (एनआरएनए भवन निमार्ण, एनआरएनए पार्क निमार्ण, लाप्राकको नमुना बस्ती निमार्ण आर्थिक र जनश्रमदान काममा समेत उनी सक्रिय छन्।
विभिन्न सामाजिक संघसंस्थामा सक्रिय बस्नेतले कोरोना महामारीमा स्वास्थ्य सामाग्री नेपाल पठाउन क्यानाडा सरकारसँग समन्वयमा अघि बढेका थिए।
पूर्वअध्यक्ष भवन भट्टसँग निकट भएर काम गरेका बस्नेत पछिल्लो समय सबैको सल्लाह अनुसार आफूले सह-कोषाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए।
भक्तपुर सुर्यविनायकका बस्नेत डेढ दशकदेखि क्यानडा बस्दै आएका छन्।