एमाले निकट प्रवासी संगठन ओएनएफ डेनमार्कको कार्यसमितिमा नयाँ पदाधिकारी चुनिएका छन्।
प्रवासी नेपाली मन्च (ओएनएफ) डेनमार्कको चौथो अधिबेशनबाट शिव चापागाईको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको चुनिएका हुन्। दीपक पाण्डेय, जयलाल न्यौपाने र कमल शिवाकोटी उपाध्यक्ष चुनिएका समितिमा कृष्ण प्रसाद सुवेदी महासचिव, रमेश पाठक सचिव निर्वाचित भएका छन्। सदस्यहरुमा कृष्ण धानुस्क, सकुन्तला सुनाम, अर्जुन पौडेल, हरि क्षेत्री, निरंजना देवकोटा, लक्ष्मी नारायण पौडेल र सन्तोष आधिकारी निर्वाचित भएका छन। अधिवेशनले सस्थाका पूर्वअध्यक्ष घनश्याम गौतमलाई यूरोप प्रतिनिधि चयन गरेको आयोजक समितिका संयोजक सुशील घिमिरेले सेतोपाटीलाई बताए l
यसैबीच सो मञ्चको नवनिर्वाचित कार्यसमितिको हालै सम्पन्न बैठकले निवर्तमान अध्यक्ष कृष्ण पौडेल प्रमुख सल्लाहकार रहने गरी एक सल्लाहकार समिति गठन गरेको जानकारी गराएको छ। केही हप्ता अघिमात्र निधन भएका सो मञ्चका निवर्तमान उपाध्यक्ष स्व. बिष्णु प्रसाद पौडेलको प्रथम वार्षिक पुण्यतिथिमा एक स्मारिका प्रकाशन गर्ने र सोको संयोजन निवर्तमान अध्यक्ष कृष्ण पौडेलले गर्ने कुरा जानकारीमा उल्लेख छ।