दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ। आँधीबाट अडी नदीमा बाढी आएको र सडक पनि भत्किएका छन्।
आँधीले कारकासोन सहरमा सबैभन्दा बढी क्षति गरेको छ।
अडी नदीको सतह विगत १०० वर्षकै उच्च विन्दुमा पुगेको अधिकारीहरूले बताएका छन् ।
कारकासोनको उत्तरी गाउँमा पनि सबै सडक भत्किएकाले स्कुल बन्द भएका छन् भने मानिसहरु घरबाहिर निस्किएका छैनन्। कोन्कोसका सडकहरुमा ६ फिटभन्दा बढी पानी छ । (रासस/एएफपी)