उत्पादन सुरु भएको एक शताब्दीभन्दा धेरै समय पछि नेपाल भित्रिएको अमेरिकी मोटरसाइकल हार्ले डेभिड्सन एक वर्षमा ३ ओटा बिक्रि भएको छ।
नाडा अटो शो २०१८ देखि औपचारिक रुपमा नेपाल प्रवेश गरेको हार्ले डेभिड्सन मोटरसाइकलको आइरन ८८३ दुई ओटा र फ्याट व्वाय एउटा बिक्री भएको हार्ले डेभिड्सनको नेपालको लागि आधिकारिक वितरक आइएमई अटोमोटिभ्सका म्यानेजर महेश थापाले जानकारी दिए।
आइरन ८८३ को मूल्य ४० लाख छ भने फ्याट व्वायको मूल्य ८५ लाख पर्ने कम्पनीले जनाएको छ।
त्यस्तै कम्पनीले भर्खरै ल्याएको इन्ट्री लेबल मोटरसाइकल भने ४ ओटा बुकिङ भएको कम्पनीले जनाएको छ। नयाँ २ ओटा इन्ट्री लेबल मोटरसाइकल मध्ये स्ट्रिट ७५० मोडल ३ ओटा र स्ट्रिट रड ७५० मोडलको एउटा बुकिङ भइसकेको थापाले जानकारी दिए।
कम्पनीले स्ट्रिटको मूल्य २३ लाख र स्ट्रिट रड ७५० को मूल्य २७ लाख रुपैयाँ निर्धारण गरेको छ। ग्राहकले अर्डर गरेको खण्डमा हार्लेको जुनसुकै मोडल पनि ल्याउन सकिने कम्पनीले जनाएको छ।
यो पनि हेर्नुहोस्
यस्ता छन् हार्ले डेभिड्सनका सस्ता मोटरसाइकल (भिडिओमा)