सवारी साधन भन्ने बित्तिकै हाम्रो मानस्पटलमा आउने भनेको एक ठाउँबाट अर्को ठाउँसम्म जान प्रयोग गरिने साधन हो।
तर अहिले यसको पहिचान फेरिएको छ। हिजोआज उपभोक्ताले सवारीसाधन खरिद गर्दा धेरै फिचर्समा ध्यान दिने गरेका छन्।
यीमध्य एक हो सेफ्टी फिचर्स।
ग्लोबल न्यू कार एसिस्मेन्ट प्रोगाम (ग्लोबल एनक्याप)ले सवारी साधन कत्तिको सुरक्षित छ भन्ने सर्वेक्षण गर्ने गरेको छ।
ग्लोबल एनक्यापका अनुसार टाटा मोटर्सको नेक्सनले पहिलोपटक ‘फाइभ स्टार’ रेटिङ पाएको छ।
अघिल्लो पटक फोर स्टार पाएको नेक्सनले सुरक्षा फिचर्समा बदलाव गरेपछि ‘फाइभ स्टार’ पाएको हो।
नेक्सनले चाइल्ड सेफ्टीमा भने दुवै पटक ‘थ्रि स्टार’ पाएको थियो। त्यस्तै बुधबार ग्लोबल एनक्यापले सार्वजनिक गरेको नतिजाअनुसार जनावरी २२ मा सार्वजनिक हुन लागेको टाटाको अल्ट्रोजले क्रयास टेष्टमा ‘फाइभ स्टार’ रेटिङ पाएको छ। यसले चाइल्ड सेफ्टीमा ‘थ्रि स्टार’ रेटिङ पाएको छ।
त्यस्तै महिन्द्रको मजारो र टोयोटाको इटियोसले एडल्ट सेफ्टीमा ‘फोर स्टार’ र चाइल्ड सेफ्टीमा ‘टु स्टार’ पाएका छन्।
कुन गाडीले कति पाए रेटिङ? यो पनि हेर्नुहोस्- गाडीको भन्सार दर घटाउने अर्थमन्त्रीको प्रतिवद्धता