हिमालय होटलमा आज आयोजित कार्यक्रममा निर्देशक बस्नेतले दुई पौराणीक नगरी काठमाण्डौ र वाराणसीलाई नेपालको बुध्द एयरले मात्रै हवाई उडानबाट जोडेको बताए।
बुध्द एयरले उडानसँगै नेपाली तथा भारतीय यात्रु तथा तिर्थालुहरुलाई भारी छुटमा पर्यटकीय तथा धार्मिक यात्रा प्याकेज उपलब्ध गराउने जनाएको छ।
बस्नेतले नेपालगञ्ज तथा भारतको नयाँदिल्ली उडानका सम्वन्धमा पनि यही साताभित्रै मन्त्रालय तथा विभागहरुमा निवेदन बुझाउने जानकारी दिए।
बुध्द एयरका रिसर्च तथा डेभलपमेण्ट विभागकी आस्था बस्नेतले कम्पनीको वेवपोर्टल तथा प्याकेजहरुबारे चर्चा गरिन्। नयाँ बन्न लागेको वेवपोर्टल युजर फ्रेण्डली हुने र यसबाट केही क्लिकमै नेपालका पर्यटकीय तथा तिर्थस्थलहरुबारे सजिलै जानकारी पाउने उनले बताइन्। वेवपोर्टलमा नेपालका रमणीय स्थलहरुसम्बन्धी मल्टिमिडिया तथा फोटो फिचरहरु हुनेछन्।
आरएण्डीकी एक्जुकेटिभ अफिसर बस्नेतले बुध्द एयरको होलिडे प्याकेजहरुबाट कम्पनीलाई मात्र नभई सबै सरोकारवालाहरुलाई फाईदा पुग्ने दावी गरिन्। ‘प्याकेजबाट होटल, ट्रान्सर्पोटेसन, टुर गाईड लगायत अन्य सबैलाई फाईदा हुनेछ’ उनले भनिन्।
बुध्द एयरले केही साता अगाडि मात्रै पशुपतिनाथ दर्शन र ूविविध वाराणसी यात्राबारे भिडियोहरु सामाजिक सञ्जालबाट सार्वजनिक गरेको थियो।
भारतीय तथा विदेशी पर्यटकका लागि टेम्पल रन, टेल अफ टु भ्यालिज, टेम्पलस एण्ड टाईगर्स तथा मनकामना, जानकी, मुक्तिनाथ दर्शन तथा अन्य प्याकेजहरु पनि छन्। यसैगरि नेपाली यात्रुहरुको लागि वाराणसी, सारनाथ, गया, बोधगया, इहालावाद, प्रयाग, अयोध्यालक्षित प्याकेजहरु पनि रहेको उनले बताइन्।