आइएमईले नयाँ वर्ष २०८० को अवसरमा '७ मा ७ तपाईंको मेहेनतमा हाम्रो साथ' भन्ने मुल नाराका साथ नयाँ योजना सार्वजनिक गरेको छ।
उक्त योजनाअन्तर्गत विदेशबाट नेपालमा पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका सात जना गरी चार हप्ताका कुल २८ भाग्यशाली विजेताहरूलाई उपहार स्वरूप सात हजार रुपैयाँ प्रदान गरिनेछ। यो योजना २०८० वैशाख १ गतेदेखि ३१ गतेसम्मका लागि सञ्चालन हुनेछ।
विदेशमा भएका नेपालीहरूले आइएमई वा आइएमईका साझेदारहरूमार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरी उक्त योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार योजना अवधिभर सात प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र-मार्फत गरिनेछ।
स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउनमा आइएमई प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार यसले सेवा शुभारम्भको २१ औं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी दुई सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।