विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरेको छ। नयाँ वर्षको दिनमा सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ।
यस छुट अफरअन्तर्गत ग्राहकहरूले सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म र अधिकतम एक सय ५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।
स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले यो सुविधा पाउने कम्पनीले जनाएको छ।
एनआईसी एशिया मो-बैंक, आइएमई-पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैंक, हिमालयन बैंक, पे-वेल, रेमिट्याप, नमस्ते पे, प्रभु-पे, सजिलो-पे, मोरू, आइ क्यास तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ।
साथै हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अथवा अधिकतम एक सय ५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।