सेल्सबेरीले नयाँ वर्ष २०८० तथा मातातीर्थ औंसीको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ।
कम्पनीले 'सेल्सबेरीको साथ मदर्स डे मिठास भरौं केकले' नामक अभियान सुरू गरेको हो। यो अभियान वैशाख १ गतेदेखि ७ गतेसम्म लागू हुनेछ।
कम्पनीका अनुसार यो अभियान अन्तर्गत ग्राहकहरूले प्रत्येक आठ हजार रूपैयाँ बराबरको सामान किन्दा एउटा केक सितैमा पाउनेछन्। केक वैशाखको ६ र ७ गते सेल्सबेरी स्टोरबाट प्रदान गरिनेछ।
यो अफर काठमाडौं र पोखराका सेल्सबेरीका शाखाहरूमा लागू हुनेछ।
अफरअन्तर्गत मातातीर्थ औंसीमा किनिने मिठाइ, फलफूल, भुजिया, काजु, किसमपस लगायत अन्य विभिन्न खाद्य वस्तुहरूमा छुट दिइने पनि कम्पनीले जनाएको छ।