सरकारले आजदेखि लागू हुनेगरी देशभरको सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ। इन्धनको मल्य बढेको तर भाडा लामो समयदेखि नबढेको भन्दै यातायात व्यवसायीहरुले दशैका लागि अग्रिम टिकट बुकिङ नगर्ने अडान लिएपछि सरकार भाडा बढाउन सहमत भएको थियो।
शनिबार भाडा बढाउने बारे व्यवसायी र सरकारबीच सहमति भएपछि यातायात व्यवस्था विभागले देशभरका रुटमा लागू हुनेगरी नयाँ भाडादर सार्वजनिक गरेको छ।