नेपालगञ्जको वडा नं २२ मा नौ करोड रुपैयाँको लागतमा एसके डेरी उद्योग स्थापना गरिएको छ।
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आज डेरी उद्योगको उद्घाटन गर्दै प्रदेश सरकारले कृषि उत्पादनलाई उच्च प्राथमिकतामा राखेको बताए।
उनले कृषिलाई वैज्ञानिकीकरण गरी पूर्णरुपमा व्यावसायिक बनाउन प्रदेश सरकारले कृषि अनुदान कार्यक्रमअघि सारेको जानकारी दिए।
प्रदेश कृषिमन्त्री आरती पौडेलले प्रदेश मातहतमा जिल्लाको समानुपातिक विकासका लागि प्रदेश सरकार लागिपरेको बताइन्।
बाँकेको व्यावसायिक क्षेत्रमा सक्रिय सरोज पाण्डेले सो डेरी उद्योग खोलेका हुन्।
डेरी उद्योगबाट दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण गरिने उद्योगका सञ्चालक पाण्डेले जानकारी दिए।