चीनबाट फैलिएको कोभिड-१९(कोरना भाइरस)का कारण विश्वभर हवाई यात्रुको संख्यामा कमी आएको छ।
हवाई यातायातसँग सम्बन्धित संघसंस्थाहरुले यात्रुको संख्यामा कमी आइरहे एयरलाइन्सहरुलाई थप ठूलो आर्थिक नोक्सानी हुने प्रक्षेपण गरेका छन्।
कोभिड १९ का कारण विश्वमा अधिकांस एयरलाइन्सका उडान कटौति भइरहेका छन्। ठूला एयरलाइन्सहरुले सयौं जहाज ग्राउन्डेड गरेका छन्।
इन्टरनेशन एयर ट्रान्सपोर्ट एसोसिएसन(आएटा)ले कोभिड १९ का कारण यो वर्ष एयरलाइन्सहरुले सन् २०२० मा कोभिड १९ का कारण गुमाउनसक्ने व्यापारबारे आफ्नो दोस्रो प्रक्षेपन गरेको छ।
यसअघि २८ अर्ब अमेरिकी डलर गुमाउने प्रक्षेपण गरेको आयटाले ११३ अर्ब डलरसम्म पुग्ने प्रक्षेपन गरेको छ।
युरोपमा पनि फैलिएयर माहामारीको रुपमा घोषित भएपछि यसको असर ठूलो हुँदै गएको आयटाले प्रक्षेपन गरेको छ।
आयटाले दुई अवस्थाको कल्पनामा क्षतिको प्रक्षेपन गरेको छ।
कोभिड १९ को विस्तार सिमित भएमा ६३ अर्ब डलरसम्म हुने तर व्यापक भएमा ११३ अर्ब क्षति हुने उसको प्रक्षेपन छ।
आयटाले नोक्सानीको अनुमान यात्रु व्यापारमा मात्र गरेको छ। उसले कार्गो व्यापारको क्षति यसमा समावेस गरेको छैन।
नेपाली एयरलाइन्सहरुले पनि यो वर्ष ११ अर्ब रुपैयाँसम्म नोक्सानी ब्यहोर्ने अनुमान गरेका छन्। कोभिड १९ का कारण विदेशी पर्यटकको संख्या न्यून हुने वित्तिकै त्यसको असर आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै सेवा दिने एयरलाइन्समा परिसकेको छ।