कोरोना महामारीको विश्वकै अर्थतन्त्र मन्दीमा गएको छ। यो मन्दीका कारण गरिबी बढ्नेमात्र होइन पुर्नताजगी कहिले होला भन्ने पनि अनिश्चित छ।
महामारीका कारण संसारभर असमानता तथा गरिबी बढ्ने निश्चित भएको अनुसन्धान संस्थाहरूका अध्ययनले देखाएका छन्। संसारकै ठूलो अर्थतन्त्र अमेरिकामा महामारीको अवधिमा लाखौंले रोजगारी गुमाएका छन्। त्यहाँको अर्थतन्त्र धेरै घाटामा जाने प्रक्षेपण भएका छन्।
तर अमेरिकाकै धनीहरूले महामारीको छोटो अवधिमा सुपर नाफा कमाएका छन्। महामारीको समयमा धेरै चल्ने व्यापार तथा उत्पादन भएका त्यस्ता अर्बपतिहरूले यस्तो आम्दानी गरेका हुन्। उनीहरले यो ३ महिनाको अवधिमा जति कमाए यति नै अविधमा यसअघि कहिल्यै कमाएका थिएनन्।
इन्सिच्युट फर पोलिसी स्टडीको अध्ययनअनुसार अमेजनका संस्थापक तथा संसारकै धनी जेफ बेजोसले यो अवधिमा सबैभन्दा धेरै कमाएका छन्। उनले १ जनवरी २०२० देखि अप्रिल १५ सम्म २५ अर्ब डलर कमाएको उक्त अध्ययनले देखाएको छ।
त्यस्तै टेस्लाका सिइओ एलन मस्कले पनि ५ अर्ब डलरभन्दा बढी आम्दानी गरेका छन्। मेडिकल इक्वुपमेन्ट बनाउने उनले पछिल्लो समय ८ अर्ब बढी आम्दानी गरे पनि सुरूको महिना गुमाएको ३ अर्ब पूर्ति गर्दा ५ अर्ब कमाइ गरेको उक्त अध्ययनले देखाएको छ।
त्यस्तै म्याकेन्जी बेजोसले पनि साढे ३ अर्ब कमाएकी छन। जुमका संस्थापक तथा सिइओ एरिक युआनले २ अर्ब ५९ करोड, माइक्रोसफ्ट टिम तथा स्काइपका सिइओ स्टेभ बाल्मरले २ अर्ब २० करोड, सिलिकन भ्याली रियल स्टेट मोगुलका सिइओ जोन अल्बर्टले २ अर्ब डलर कमाएका छन्।
जनवरी १ देखि अप्रिल १० सम्म ३४ जना अर्बपतिहरूले १० करोड बढीले सम्पत्ति बढाएका छन्। त्यसमा ८ जनाले अर्ब बढी कमाएका छन्।