स्थापनाको पहिलो वर्षमै चर्चित बनेको ठमेलको एलओडी क्लब कोरोना महामारीक आठ महिनापछि खुलेको छ। कोरोना महारीका कारण बन्द भएको उक्त क्लब पुन:सञ्चालनमा आएको हो।
स्थापना भएको छोटो समयमै सेलिब्रेटीदेखि धनाढ्यहरुको रात्रिकालिन मनोरञ्जनको गन्तव्य बन्न सफल एलओडी अरू क्लब तथा रेष्टुरेन्टजस्तै महामारीको मारमा परेको छ।
पहिलो वर्षमै महामारीको मार पर्दा धेरै प्रभावित भएको सञ्चालक मध्येका एक रविन श्रेष्ठले बताए। जेनतेन गरेर हामारीको कष्टकर समय पार गर्दै पछिल्लो समय सरकारको आदेशअनुसार नै सिमित क्षमतामा सञ्चालनमा ल्याइएको उनको भनाइ छ।
२ हजार क्षमताको उक्त क्लब अहिले २ सयजतिको क्षमतामा सञ्चालन गरिएको उनले जानकारी दिए। एलओडी अहिले पनि क्लबका रुपमा नभइ लाउन्ज र रकबारका रुपमा मात्र सञ्चालनमा आएको छ।
उच्चपदस्थ र भिआइपीहरुको रात्रिकालिन मनोरञ्जका लागि चर्चित क्लबमा पहिलेजस्तो क्लबकै वातावरण नभएपनि एलओडीको पहिचानअनुसार विशिष्ट सेवालाई निरन्तरता दिइएको श्रेष्ठको भनाइ छ।
कोरोना महामारीको त्रास कायमै रहेको अवस्थामा खुलेको एलओडीमा उच्च सावधानी अनपाइएको उनले बताए।
'खोल्ने भन्ने वित्तिकै हामीले सेफ्टीका बारेमा सोचेका थियौं। सावधानीका लागि हामिले यहाँ पाउने सबै कुराको व्यवस्था गरेका छौं। स्यानिटाइजेनसन, मास्क जस्ता अनिवार्य व्यक्तिगत सावधानी अपनाएका छौं। सामन्य अवस्थामै पनि हाम्रो पहिचान भनेकै जसले जस्तोमा सेफ्टी फिल गर्छ त्यही गर्दै आएका थियौं। त्यही कारणले गर्दा हामी लोकप्रीय भएका हौं। अहिलेको अवस्थामा पनि हामीले सबैलाई त्यो फिल दिएका छौं,' उनले भने।
अहिलेको अवस्थामा प्रशासनले बेलुका १० बजेसम्ममात्र खोल्ने अनुमति दिएको छ। सोहीअनुसार सेवा दिइरहेको उनको भनाइ छ।
कोभिड अघि राम्रो व्यवसाय गरेको क्लबले अहिले नाफा घाटा तथा आम्दानी भन्दा पनि ब्रान्डको पहिचान जोगाउनका लागि पनि सेवा दिइरहेको उनको भनाइ छ।
'हामीले राम्रो सेवा दिन्छौं भन्ने सबैमा विश्वास छ। हाम्रो सेवा हराउन भएन। त्यसैले अहिले आएका हौं। अहिलेमात्र होइन अझै केही समय हामी नाफा होइन लगानीका रुपमा मात्र गर्छौं। अबको समयका लागि हामी तयार पनि छौं,' श्रेष्ठले भने।