काठमाडौंमा नयाँ होटल खुल्ने भएको छ। चिनियाँ लगानीकर्ताले होटल खोल्ने प्रस्ताव राखेका छन्। उनीहरूले उद्योग विभागमार्फत उक्त प्रस्ताव राखेका हुन्।
होटलको कुल पुँजी ५ करोड छ। होटलमा ३० बेड र ३० सिट क्षमताको रेष्टुरेन्ट रहने उद्योग विभागको तथ्यांकले देखाएको छ। होटल सञ्चालनमा आएपछि २२ जनाले रोजगारी पाउने छन्।
विभागको तथ्यांकअनुसार यो महिनाको २० गतेसम्म ४ विदेशी लगानीकर्ताबाट विभिन्न परियोजनामा प्रस्ताव आएको छ।
चिनियाँ लगानीकर्ताले पशुदाना, होटल, सफ्टवेयर डेभलपमेन्ट र वेबपेज डिजाइन उद्योग खोल्ने प्रस्ताव राखेका छन्।
त्यस्तै भारतीय लगानीकर्ताले निर्माण सेवा सञ्चालन गर्ने प्रस्ताव राखेका छन्।