चीनमा निर्माण भएका जहाज भाडामा दिनका लागि नेपाल एयरलाइन्सले अध्ययन गर्ने भएको छ।
सरकारी सम्झौता अन्तर्गत आएका चिनियाँ जहाज व्यावसायिक रुपमा सञ्चालन गर्न नसकिने भन्दै गएको भदौदेखि ग्राउन्डेड गरेको एयरलाइन्सले भाडामा दिने प्रक्रिया अघि बढाउने भएको हो।
चीनबाट ल्याइएका जहाज व्यवस्थापन गर्नका लागि सरकारबाट अनुमति पाएपछि एयरलाइन्सले भाडामा लगाउने प्रक्रिया अघि बढाएको हो।
भाडामा दिने बिकल्प, प्रक्रिया,दर जस्ता विषयमा अध्ययन गर्नका लागि एयरलाइन्सले केवी थापाको नेतृत्वमा कार्यदल बनाएको हो।
यो कार्यदलले दिएको प्रतिवेदनका आधारमा एयरलाइन्सको सञ्चालक समितिले निर्णय गर्ने छ।
यसअघि अर्थमन्त्रालयले भाडामा दिन असफल भएमात्र बिक्रीको प्रक्रिया अघि बढाउनुपर्ने राय दिएको थियो।