वल्ड रेमिट र इसेवा मनि ट्रान्ससफरबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यससँगै ५० देशबाट सिधैं इसेवा खातामा पैसा पठाउन सकिने बताइएको छ।
सम्झौताअनुसार विश्वभर रहेका वल्ड रेमिटका ग्राहकले रियल टाइममै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्ने भएका हुन्।
पैसा पाउनेले आफ्नो बैंक खातामा, मोबाइल, एयरटाइम टपअप, मोबाईल मनि तथा नगद संकलन गरेर पनि लिन सक्छन्।
वल्ड रेमिट अन्तरदेशीय डिजिटल रेमिट्यान्स कारोबार गर्ने संस्था हो।