निर्यात व्यवसायी महासंघको अध्यक्षमा रामबहादुर गुरुङ चयन भएका छन्। शुक्रबार काठमाडौंमा सम्पन्न पहिलो सधारणसभाले गुरुङको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो।
नेपालबाट निर्यात गर्ने व्यवसायीहरुको संस्था महासंघको अध्यक्षमा निर्वाचित गुरुङ उनी गलैचा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष समेत हुन्।
तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डीप्रसाद अर्याल, सिल्क एशोसिएसनका अध्यक्ष शंकरप्रसाद पाण्डे, पश्मिना उद्योग संघका निवर्तमान अध्यक्ष दुर्गाविक्रम थापा र हर्ब्स एन्ड हर्बल एसोसिएसनका निवर्तमान अध्यक्ष गोविन्द घिमिरे उपाध्यक्ष निर्वाचित भएका छन्। महासचिवमा उनी फेल्ट उत्पादक संघका अध्यक्ष अमृत खड्का चयन भएका छन्। ।