दरबारमार्गस्थित सिल्क फेसनले सातौं वार्षिकोत्सब भव्यताका साथ मनाएको छ। सभासद तथा गायिका कोमल वलीको प्रमुख आतिथ्यमा सिल्क फेसनले वार्षिकोत्सब मनाएको हो ।
सिल्क फेसनले सात वर्षमा गरेको प्रगतीको तारिफ गर्दै आगामी दिनमा सफलता हासिल गर्न सांसद वलीले शुभकामना दिइन्।
‘सिल्क फेसनको पोशाक मैले पनि लगाएँ। एकदमै चित्त बुझ्यो,’ वलीले भनिन्, ‘यो पहिरनमा झन् राम्री देखिएकी छु।’ पछिल्ला दिनमा बुटिकहरुले उल्लेख्य प्रगती गरेको उनले बताइन्। नेपालका बुटिकहरुले उत्पादन गरेका लुगाहरु ठूलो मात्रामा विदेशमा निर्यात भईरहेको उनले बताइन्।
आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा सिल्क फेसनले विभिन्न क्षेत्रका अग्रणि महिलाहरुलाई सम्मान प्रदान गरेको थियो । जसमा फेसन व्यवसायी शैलजा अधिकारी, समाजसेवी कल्पना क्षेत्री, शिक्षाविद् उर्मिला बस्नेत, गायिका सुनिता दुलाल, सौन्दर्यविद् रस्मिला श्रेष्ठ र व्यवसायी सपना थापालाई खादा तथा सम्मान पत्र प्रदान गरिएको थियो ।
यस्तै चलचित्र पत्रकार संघ, नेपालका उपाध्यक्ष जीवन पराजुली, फोटोग्राफर च्याङ्गबा लामा लगायत अन्य मिडियाकर्मीलाई सम्मान गरिएको थियो। कार्यक्रमकि सभापति तथा सिल्क फेसनकि सञ्चालक सृजना पोखरेलले आउने दिनमा सिल्क फेसनले नयाँ–नयाँ डिजाइन पस्किने बताइन्।
कार्यक्रमको प्रमुख आतिथ्यता राष्ट्रिय सभा सदस्य (सांसद) तथा गायिका कोमल वली र प्रमुख आतिथ्यता समाजसेवी रमिला आचार्यले गरेकी थिइन्।
कार्यक्रममा गायिका सहिमा श्रेष्ठ, मोडल तथा नायिका खुश्बु खड्का लगायत बिभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तित्वहरुको उपस्थिति थियो ।