सिजी हस्पिटालिटी अन्तर्गतको ‘द फर्न होटेल्स एन्ड रिसोर्ट’ भारतको सबैभन्दा ठूलो हस्पिटालिटी सेवाप्रदायक घोषणा भएको छ।
एचभीएस एनारकद्वारा प्रकाशित ‘इन्डियन हस्पिटालिटी ओभरभ्यु २०२०’ अनुसार ‘द फर्न’ले गत वर्ष भारतमा सबैभन्दा धेरै व्यवसाय विस्तार गरेको छ।
सन् २०१९ मा पनि ‘द फर्न’ पहिलो थियो। सिजी कर्प ग्लोबलको सदस्य कम्पनी सिजी हस्पिटालिटीले होटल तथा रिसोर्ट सञ्चालन गर्छ।
मध्यमस्तरका होटल भारतमा बढी रुचाइन्छन्। सन् २०२० मा उपलब्ध कोठा संख्याका आधारमा यस्ता होटलले ४१ प्रतिशत हिस्सा ओगटेका छन्। जहाँ ठूला होटलको हिस्सा ३७ प्रतिशत छ। विलासी र सामान्य होटलको हिस्सा ११–११ प्रतिशत छ।
एचभीएसको अध्ययनअनुसार व्यवसाय विस्तारमा ‘द फर्न’पछि म्यारियट, सरोवर होटल्स, आईएचसीएल र इन्टेली स्टे छन्।
कोठा संख्याका आधारमा भने ‘द फर्न’ तेस्रो नम्बरमा छ। आइएससिएलले सर्वाधिक कोठा संख्या विस्तार गरेको छ। दोस्रो नम्बरमा विन्धाम होटेल्स छ। सन् २०२० मा भारतभर ४ हजार ५ सय ३७ कोठा थपिएका छन्।