ललितपुरको झम्सिखेलमा रहेको भिभान्ता होटलले नयाँ वर्ष २०७८ को अवसरमा पाहुनालाई स्वागत गर्न तयार रहेको बताएको छ।
होटलले नियमति रुपमा सानदार साँझको अनुभव दिंदै आएको र नयाँ वर्ष २०७८ लाई स्वागत गर्नका लागि यो उपयुक्त गन्तव्य हुने बताएको छ।
भिभान्ताले नयाँ वर्षलाई स्वागत गर्न आउनेहरुका लागि सानदार डिनर उपयुक्त मूल्यमा उपलब्ध गराउने बताएको छ।
होटलले दिएको जानकारीअनुसार दुईप्रकारको डिनर अफर ग्राहकले पाउने छन्।
यसमा पहिलो हुने छ मिन्ट। यसको मूल्य प्रतिव्यक्ती २ हजार २ सय रुपैयाँ हुने छ भने आकरीको मूल्य ३ हजार ५ सय हुने छ।
यी दुबै प्याकेजमा राउन्ड ड्रिंक्स उपलब्ध हुने छ। पहिलो प्याकेजमा सफ्ट ड्रिंक्समात्र उपलब्ध हुने छ भने दोस्रोमा प्रमियम ड्रिंक्स उपलब्ध हुने छ।
होटलले सबै पाहुनालाई कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका उपाया अपनाएर सेवा दिने प्रतिबद्धतता जनाएको छ।
होटलमा यसअघि नै बेलुका साढे ९ बजेपछिको अर्डरको बिलमा २५ प्रतिशत छुट दिंदै आएको छ।