कोरोना भाइरस संक्रमण बढ्दै गएपछि देशभित्र उडान गर्नेमध्येको सबैभन्दा ठूलो एयरलाइन्स बुद्ध एयरले ढुक्क भएर सुरक्षित यात्रा गर्न यात्रुहरुलाई आग्रह गरेको छ।
सुरक्षित यात्राका लागि अधिकतम उपायाहरु अपानाइएकाले कुनै पनि शंका नमानी यात्रा गर्न बुद्धले आग्रह गरेको छ।
संक्रमण न्यूनीकरणका लागि अपनाउनुपर्ने सावधानीका लागि एयरलाइन्सले सुरुदेखि नै कर्मचारी तथा उडान दलका सदस्यलाई तालिम दिइएको ट्र्याकका लागि पनि प्रणाली विकास गरिएको बुद्धले बताएको छ।
उडानदलका सदस्य तथा कर्मचारीहरुले कोरोना विरुद्धको खोपको पहिलो डोज लगाइसकेको बुद्धले बताएको छ। दोस्रो डोज पनि बैशाख १० गतेभित्र लगाइसक्ने बुद्धले जानकारी दिएको छ।
सुरक्षित यात्रा सञ्चालन गर्नका लागि कम्पनी तयार रहेको र तत्काल यात्रा प्रतिबन्धजस्ता कुराहरुका बारेमा कसैले पनि सोच्न हुने उसले विज्ञप्तिमार्फत आग्रह गरेको छ।