सरकारले सुपारी, केराउ, मरिच र छोकडामा लगाइएको कोटा प्रणाली स्थगित गरेको छ। व्यापारीको चर्को विरोधपछि कोटा प्रणाली स्थगित गरिएको हो।
यसअघि सुपारी २५ हजार, केराउ ८० हजार, मरिच १५ हजार र छोकडा ५ हजार मेट्रिक टन आयात गर्न पाइने गरी कोटा निर्धारण गरिएको थियो।
'उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट नेपाल राजपत्र खण्ड ७० संख्या ४७ भाग ५ गत चैतमा प्रकाशित सुचनाअनुसार यस विभागबाट भइरहेको केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिचको पैठारीको कोटा वितरण कार्य हाललाई स्थगित गरिएको छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ।