नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले समितिले मेन्टरसिप सहयोगसहित महासंघका लगानीकर्ताहरूसंग आवद्ध हुन इच्छुक उद्यमी(स्टार्टअप)हरूबाट आवेदन माग गरेको छ।
सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा) का लागि आवेदन खुला गरिएको समितिले जानकारी दिएको छ।
आवेदन महासंघको वेबसाइट मार्फत् प्राप्त गर्न सकिने छ ।
नयाँ सोचसहितको व्यावसायिक योजना भएका तर पुँजी तथा व्यावसायिक कार्ययोजना नभएका व्यवसायीहरुलाई समितिले सहयोग गर्ने भएको छ।
समितिको बैठकले सुरुमा पचास वटा स्टार्टअपहरुलाई सुरुवाति पुँजी उपलब्ध गराउने छ। यसमा व्यापार तथा उद्दमको आइडिया भएका तर विस्तारका लागि पुँजी अभाव भएकाहरुलाई महासंघका सदस्यहरुसँग जोडिदिने छ। यो आवदेनबाट छानिएका पचास जनाले लगानी पाउने छन्।