नेपाल उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्ष रवीभक्त श्रेष्ठको नेतृत्वमाअनुशासन समिति बनाएको छ।
विधानको दफा ३८(क)अनुसारको अनुशासन समिति बनाइएको महासंघले जानकारी दिएको छ।
समितिको उप–सभापतिमा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी छन्।
समितिको सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित छन्।
समितिको सल्लाहकारमा महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान रहेका छन्।